चम्पासरी बजारमा व्यवसायीले गरे झुण्डिएर आत्महत्या

सिलगढी : सिलगढीको चम्पासरी बजारमा एकजना व्यवसायीको शव झुण्डिएको अवस्थामा पुलिसले उद्धार गरेको छ। मृतक व्यक्ति बाघाजतीन कलोनी निवासी गौतम बर्धनको रूपमा चिन्हित गरिएको छ। उक्त व्यक्तिले चम्पासरी बजारमा हरेकमालको दोकान चलाउँदै आइरहेका थिए। प्राप्त जानकारी अनुसार आज बिहान अन्य एकजना व्यवसायीले आफ्नो दोकान खोल्न आउँदा तिनले गौतमलाई झुण्डिएको अवस्थामा देखेपछि यसबारे चम्पासरी मार्केट कमिटीलाई जानकारी दिए। यसपछि प्रधाननगर थाना पुलिसले खबर पाएर घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *