चम्पासरी इलाकाको एउटा घरमा लाखौँ रुपियाँको चोरी

सिलगढी : सिलगढी सहरको चम्पासरी इलाकाको उत्पल नगर रोड नम्बर 1-मा चोरीको घटना घटेको छ। चोरले उक्त घरबाट लगभग 40 हजार नगद रुपियाँ लगायत डेढ़ लाख रुपियाँको सुन-चाँदीको बहुमूल्य गर-गहना चोरी गरेको बताइएको छ।


पीड़ित परिवारका सदस्यहरूले बताएअनुसार गत राति अत्याधिक वर्षाको समय नै केही दुष्कृतिहरूले नगद रुपियाँ लगायत लाखौँ रुपियाँको बहुमूल्य गर-गहना चोरी गरेर चम्पट कसे। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *