चम्पासारीमा तृणमूलको बुथ मीटिङ

 सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड तृणमूल कांग्रेसको तर्फबाट मंगलबार चम्पासारीको आनन्दमयी कोलनीमा एउटा बुथ मीटिङको आयोजना गरियो। यस अवधि उपस्थित क्षेत्रीय वासिन्दाहरूलाई जमीनको पट्टा सम्बन्धी कागजी कार्वाहीबारे जानकारी गराइयो। यसैगरी, बुथ मीटिङमा उपस्थित सिलगढी टाउन-1 अध्यक्ष सञ्जय पाठक, उपाध्यक्ष रञ्जन आर्य, सिलगढी विधानसभा कार्यकारी अध्यक्ष मल्लिका देवनाथ, 46 नम्बर वार्ड अध्यक्ष मोहम्मद जुहुरले इलाकाका वासिन्दाहरूलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीका उपलब्धीहरूबारे पनि अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *