चम्पासरीमा पिकअप भ्यानले धक्का दिँदा स्कूटीमा सवार सैलेश छेत्रीको मृत्यु

सिलगढी: पिकअप भ्यानको चपेटमा परेर स्कूटी सवार सैलेश छेत्रीको मृत्यु भयो। उक्त घटना आज सिलगढीको चम्पासारी मोड़ संलग्न इलाकामा भएको हो। प्राप्त जानकारी अनुसार सैलेश छेत्री स्कूटीमा सवार भएर चम्पासारी मोड़बाट निवेदिता मार्केट तर्फ गइरहेको समय सर्किट हाउसको बाटो भएर आइरहेको एउटा पिकअप भ्यान अनियन्त्रित भएर स्कूटीलाई धक्का दिँदा तिनी सड़कमा पल्टिए। यस अवधि तिनलाई टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमैं तिनको मृत्यु भयो।


 अर्कोतिर, घटनाको खबर पाएर प्रधान नगर पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *