चम्पासरी मोडस्थित एउटा गोदाममा आगो लाग्दा समानहरू जलेर भष्म

सिलगढी : चम्पासारी मोड़स्थित एउटा बन्द रहेको गोदाममा गत अबेर राति आगो लाग्दा गोदाममा रहेको सबै समानहरू जलेर नष्ट भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय एकजना दोकानेले गत अबेर राति चम्पासारी मोड़ संलग्न एउटा गोदामबाट आगोको लपेटा देखेपछि छेउछाउका मानिसहरू लगायत अग्निशमन विभागलाई आगलागीबारे खबर दिए। आगलागीको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। उक्त गोदामका मालिकले बताएअनुसार गोदाममा आगो लागेको बारे आफूलाई स्थानीय एकजना दोकानेले खबर दिएपछि आफू घटनास्थलमा आइपुगे। उक्त आगलागीमा गोदाममा राखेको सबै सर-समानहरू जलेर खरानी भएको साथै सट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *