चामुर्चीमा सन्त गुरु रविदासको 643औँ जयन्ती पालन

डुवर्स : बानरहाट थाना अन्तर्गत पर्ने चामुर्ची चियाकमानको गोदाम लाइन मैदानमा आज सन्त गुरु रविदासको 643औँ जयन्ती धुमधामको साथमा पालन गरियो। बिहारी रविदासको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गुरु रविदासको पुजा-अर्चना गरेपछि विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आरम्भ गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा जलपाईगढी जिल्ला परिषदका अध्यक्ष मनोज तामाङ, स्थानीय पञ्चायत सदस्य नुरेशा बेगम, जितानुन खातुन, डुवर्स समाजका सचिव प्रेमचन्द्रलगायत डुवर्सको विभिन्न क्षेत्रबाट धेरै संख्यामा रविदास समुदायका मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *