चन्द्रयान-3 को सफल ल्यान्डिङको लागि कुचबिहारमा यज्ञको आयोजना

कुचबिहार (निसं): चन्द्रयान-3 चन्द्रमाको धेरै नजिक पुगेको छ। भारत इतिहास रच्ने बाटोमा छ। यदि सबै कुरा ठीक भए चन्द्रयान3 भोलि बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ। चन्द्रयान-3 ले सफलतापूर्वक ल्यान्डिङ गरोस् भन्ने कामना गर्दै आज कुचबिहारको एउटा स्वयंसेवी संगठनले यज्ञको आयोजना गर्यो। कुचबिहारको मदनमोहन कोलनी इलाकामा उक्त यज्ञको आयोजना गरिएको छ। चन्द्रयान 3-को सफलताको कामना गर्दै आज बिहानैदेखि इलाकामा विशेष पुजा-अर्चना गर्दै यस यज्ञको आयोजना गरिएको बताइएको छ।  इलाकालाई राष्ट्रिय ध्वजले सजाइएको छ। आज दिनभरिनै यज्ञको आयोजना गरिने संस्थाका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *