चन्द्रयान-3 को सफल अवतरणको कामना गर्दै सिलगढीमा भाजपाद्वारा पूजा-अर्चना

सिलगढी (निसं): आज सम्पूर्ण देशवासी नै ऐतिहासिक क्षणको साक्षी बन्न आतुर देखिन्छन्। चन्द्रयान-3 ले आज चन्द्रमाको धरतीमा पहिलो पल्ट अवतरण गर्ने भएको छ। यस ऐतिहासिक क्षणको साक्षी बन्नको लागि सम्पूर्ण देशमा नै साना नानीहरूदेखि लिएर बुढा-पाकासम्म सबै वर्गका मानिसहरू उत्साहित बन्न पुगेका छन्। चन्द्रयान-3 को चन्द्रमामा सफल अवतरणको कामना गर्दै हाल देशको विभिन्न ठाउँमा पूजा अनि यज्ञको आयोजना भइरहेको छ। यसै क्रममा आज सम्पूर्ण देशसहित सिलगढीमा पनि भाजपाको 3 नम्बर मण्डलका सदस्यहरूले चन्द्रयान-3 को चन्द्रमामा सफल अवतरणको कामना गर्दै कचहरी रोड संलग्न मायेर इच्छा काली मन्दिरमा पूजा-अर्चना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *