चरससहित एकजना पक्राउ

खोरीबारी : गोप्य सूचनाको आधारमा एसएसबी 19औँ बटालियनका डेपुटी कमान्डेन्ट नवीन कुमार रायको नेतृत्वमा कद्दुभिट्टा कम्पनी क्याम्पका जवान तथा पुलिसले संयुक्त अभियान चलाएर चरस र गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। एसएसबी 19औँ बटालियनले दिएको जानकारीअनुसार गोप्य सूचनाको आधारमा कद्दुभिट्टा बजारमा अभियान चलाएर 582 ग्राम चरस र 24 ग्राम गाँजासहित उक्त व्यक्तिलाई पक्राउ गरेको हो। जफत गरेको चरस-गाँजासहित उक्त व्यक्तिलाई पुलिसको हातमा सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *