चेयरम्यान रिलिफ फण्ड दसैँ अघि श्रमिकहरूलाई वितरण गरिनु पर्छ: अजय एडवार्डस

दार्जिलिङ: जीटीएले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव प्रधानमंत्री, गृहमन्त्री, भाजपा अध्यक्ष अनि राज्यका मुख्यमन्त्रीलाई पठाएको हुन पर्ने सभासद विनय तामाङले सभापछि पत्रकारहरू सामु माग गरेका छन्। यसैगरी, चेयरम्यान रिलिफ फण्डले श्रमिक भवनको निर्माण होइन तर दसै अघि श्रमिकहरूलाई वितरण गरिनु पर्छ भन्ने जीटीए सभासद तथा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले जीटीए सभामा आफ्नो पक्ष राखेको कुरा पत्रकारहरूलाई बताए। दार्जिलिङको गोर्खा रंगमञ्च भवनको जीटीए सभा गृहमा आज जीटीए सभाको पहिलो सम्पन्न सभामा जीटीए चीफ अनित थापाले कोरोना कालमा चिया श्रमिकहरूको हितार्थ संग्रह गरिएको धनराशीले सिलगढीमा श्रमिक भवनको निर्माण गरिने प्रस्ताव राखेपछि सभासद अजय एडवार्डसले उक्त प्रस्तावको ठाडो विरोध जनाएको तिनले बताए। सिलगढीमा पहाडका मानिसहरू एवम् श्रमिकहरूको सुविधालाई ध्यानमा राख्दै पहाडी भवन, सिलगढी दार्जिलिङ मोडमा अवस्थित भवन आदि रहेको हुनाले श्रमिकहरूको हितार्थमा संग्रह गरिएको राशी दशै अघि श्रमिकहरूलाई नै वितरण गरिनु पर्छ भन्ने आफ्नो पक्ष राखेको एडवार्डसले बताए। जीटीए सभाको सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए चेयरम्यान रिलिफ फ्रण्डको राशी दशै अधि श्रमिकहरू बीच वितरण गरिनु पर्छ, यदि जीटीए चीफ अनित थापाले उक्त राशी श्रमिकहरू बीच वितरण गर्ने घोषणा गरेको खण्डमा श्रमिकहरूको निम्ति आफुले पनि आफ्नो परिवारको पक्षबाट 5 लाख रूपियाँ दिने सभासद अजय एडवार्डसले घोषणा गरेका छन्। त्यसरी नै सभासद विनय तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको हुन पर्छ भनि बताए। सभामा जीटीएको सत्ता दल भागोप्रमो-ले गोर्खाल्याण्डको सभामा पेश गरेपछि ध्वनी मतले पारित भएको तृकं-का सभासद विनय तामाङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *