चारजना साथीले मिलेर किनेको लटरीमा जित्यो 1 करोड रुपियाँ

राजगञ्ज : चारजना साथीले मिलेर किनेको लटरीमा 1 करोड रुपियाँ इनाम जितेको छ। उक्त घटना राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको लालस्कुल बालाबारी इलाकाको हो। प्राप्त जानकारी अनुसार हिजो बिहान लालस्कुल बालाबारी इलाकाको एउटा लटरी दोकानमा लटरी बिक्री भइसकेपछि अन्तमा मात्र 900 रुपियाँको लटरी बाँचेको थियो। यसपछि दोकाने नुरूल इस्लामले छेउकै 3 वटा दोकानका साथीहरूलाई बोलाएर 900 रुपियाँको लटरी बाँचेको छ, सबैजना मिलेर किनिदे भन्दै आग्रह गर्दा तिनका साथीहरूले उक्त लटरी किने। यसको केही क्षणपछि लटरीको रिजल्ट मिलाउँदा उक्त लटरीमा प्रथम पुरस्कार फस्यो। ती सबैजना साना व्यवसायी हुन्। उक्त खबर फैलिनसाथ लालस्कुल इलाकामा मानिसहरूको भीड जम्न थाल्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *