छट पुजा अगावै घाटमा ब्यारिकेट लगाइदिने बिहारी कल्याण मञ्चको माग

सिलगढी : छट पुजा आउने अब केही दिन मात्र बाँकी रहेकोले छट पुजाको लागि नदी घाटमा ब्यारिकेट लगायत गेट तयारी गरिदिने माग गर्दै बिहारी कल्याण मञ्चले सिलगढी नगरनिगमका प्रशासक बोर्डका चेयरम्यानलाई अशोक भट्टाचार्यलाई आज भेट गरेर एउटा ज्ञापन पत्र चढाए। सिलगढीको लालमोहन मौलिक निरञ्जन घाटमा सौन्दर्यीकरणको कार्य चलिरहेको छ। हाल कोरोना महामारीले गर्दा छट घाटको विभिन्न ठाउँमा ब्यारिकेट लगाइएको छ। उक्त ब्यारिकेट नजिक केही गेट बनाइदिए भक्तहरूले कुनै बाधा बिनै निर्धक्क पुजा गर्न सकोस् भन्ने बिहारी कल्याण मञ्चको माग रहेको छ। यसैले आज बिहारी कल्याण मञ्चका सदस्यहरूले उक्त मागलाई लिएर सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। भेटघाट अवधि प्रशासक भट्टाचार्यले तिनीहरूको मागबारे विचार गर्ने आश्वासन दिएको सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *