छ्त्र बहादुर छेत्रीको निधनमा गोरामुमोद्वारा शोक प्रकट

दार्जिलिङ : दार्जिलिङको राजबाडी छेत्री गाउँ निवासी छ्त्र बहादुर छेत्रीको हिजो आकस्मिक निधन भएकोले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गहिरो शोक व्याक्त गरेको छ। गोरामुमो केन्द्रीय सदस्य एमजे सुब्बा, वाई लामा, अमर तामाङ, प्रवक्ता प्रमोस्कर ब्लोन, गोरायुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष सुरज कटुवल लगायत अन्यको टोली आज मृतकको वासस्थानमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नको साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे। यस अवसरमा केन्द्रीय सदस्य वाई लामाले बताए अनुसार छ्त्र बहादुर छेत्री 1986 सालको गोर्खाल्याण्ड आन्दोलनका एकजना वीर योद्धा थिए। गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङको नजिकमा रहेर तिनले 1986 को गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो अहम् भुमिका निर्वाह गरेका थिए। तिनी भुतपूर्व सैनिक पनि थिए । तिनको निधनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई ठूलो क्षति पुगेको वाई लामाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *