छात्रा हत्याकाण्ड: आरोपीको घर तोड़फोड़,अशान्ति रोक्न इलाकामा पुलिस तैनाथ

सिलगढी (निसं): सिलगढीको मतिगढा इलाकामा भएको नेपाली स्कुलको एघारौ श्रेणीका छात्राको हत्याकाण्डमा पक्रा परेका आरोपीको घर आक्रोशित मानिसहरूले तोडफोड गरिदिएको छ। प्राप्त जानकारी अनुसार गत राति सिलगढीको मतिगढास्थित लेनिन कलोनीमा केही युवकहरूले पक्रा परेका हत्या आरोपी मोहम्मद अब्बासको घर तोडफोड गरिदिएको छ। उक्त घटनाको खबर पाएपछि मतिगढा थाना पुलिस घटना स्थलमा पुगेको थियो। उक्त घटना पछि इलाकामा अझ अशान्ति हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर कठोर सुरक्षा व्यवस्था सहित पुलिस तैनाथ गरिदिएको छ। अर्कोतिर, मोहम्मद अब्बासलाई हिज मंगलबार अदालतमा पेश गरेर 10 दिनको लागि पुलिस हिरासतमा पठाएपछि तिनीसित हत्याकाण्ड विषयमा सोधखोज गरिरहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *