छात्रा हत्याकाण्ड: आरोपीलाई चाँडै पक्राउ गरिनुपर्ने माग गर्दै शिक्षकहरूद्वारा महकुमाशासकलाई ज्ञापन

सिलगढी : सिलगढीको प्रधाननगर थाना अन्तर्गत दक्षिण पलाश इलाकाको 12 वर्षीय छात्राको अपहरणपछि हत्या गरिदिएको घटनाको आरोपीलाई हालसम्म पक्राउ गरिएको छैन। यसैले आरोपीलाई पक्राउ गरिनुपर्ने माग गर्दै मृतक छात्राको विद्यालयका शिक्षकहरूले आज महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। स्मरण रहोस्, सिलगढीको दक्षिण पलाश इलाका निवासी 12 वर्षीय छात्रा गत 5 दिसम्बरको दिन स्कुल जान घरबाट निस्केपछि निखोज भएकी थिइन्। छात्रालाई अपहरण गरेको छिमेकी ज्वाइँ मनोज रायमाथि आरोप लगाइएको थियो। घटनाको 8 दिनपछि गत मंगलवार सुकुना चियाकमानबाट छात्राको सडेको-गलेको अवस्थामा शव उद्धार भएको थियो। घटनापछि आरोपी मनोज रायले सुइँकुच्चा ठोकेका छन्। आरोपी मनोज रायलाई चाँडै पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग गर्दै आज अमियो पाल चौधरी स्मृति विद्यालयका शिक्षकहरूले महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *