छात्रा हत्याकाण्डको आरोपीलाई सजाय दिने मागमा र्‍याली

कुचबिहार : दक्षिण दिनाजपुर जिल्लाको कुमारगञ्जकी एउटी छात्राको हत्याको आरोपीहरूलाई सजाय दिने मागमा आज कुचबिहार जिल्ला भाजपा तपशिली मोर्चाको तर्फबाट एउटा र्‍याली निकालिइयो। उक्त र्‍याली कुचबिहार पार्टी कार्यालय अघिबाट शुरू गरेर सहरको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। र्‍यालीमा कुचबिहार जिल्ला भाजपा तपशिली मोर्चाका अध्यक्ष जितेन्द्र नारायण, भाजपा नेता निखिल रञ्जन दे लगायत अन्य नेतागण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *