छात्रा हत्याको आरोपी मो. अब्बासलाई अदालतमा पेश, मौन प्रदर्शन

सिलगढी (निसं) सिलगढीको मतिगढामा भएको नाबालिका छात्रा हत्याकाण्डका पक्रा परेका आरोपी मोहम्मद अब्बासलाई 14 दिनको जेल हिरासतपछि आज फेरि कठोर सुरक्षा व्यवस्थाबीच सिलगढी अदालतमा पेश गरियो। यस अवसरमा मृतक छात्रा निर्भया (परिवर्तित नाम)-को पिडित परिवारले चाँडै न्याय पाउनु पर्ने साथै हत्यारालाई फाँसीको सजाय हुनु पर्ने माग गर्दै जस्टिस फर अभया को-अर्डिनेशन कमिटीका सदस्यहरू लगायत विभिन्न विद्यालयका शिक्षक-शिक्षिकाहरूले हातमा प्ला कार्ड तथा ब्यानरहरू बोकेर सिलगढी अदालत परिसरमा नै मौन विक्षोभ प्रदर्शन पनि गरे।

अर्कोतिर, आरोपीको बचाऊ पक्षका एकजना सरकारी उकिलले आज आरोपीलाई जमानीमा रिहा गरिनु पर्ने साथै आफ्नो आमा-बाबासित भेट गर्न चाहेको कुरा अदालतमा न्यायधीश समक्ष माग गरेको जान्नमा आएको छ। तथापि, न्यायाधीशले आमा-बाबासित आरोपीलाई भेट गर्न सक्ने अनुमति दिए तापनि जमानीमा रिहाको मागलाई सोझै अस्वीकार गर्दै फेरि जेल हिरासतमा पठाइदिएको छ। सम्भवत आगामी 90 दिनको अवधिमा नै उक्त हत्याकाण्डको चार्जशिट फाइल गर्ने कुरा अधिवक्ताले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *