छात्रा हत्याको विरोधमा डाकेको बन्दलाई वाहन चालकहरूको समर्थन

सिलगढी: छात्रा हत्याकाण्डको विरोधमा विश्व हिन्दु परिषदले आज डाकेको 12 घण्टा सिलगढी बन्दलाई वाहन चालकहरूले समर्थन गरेको छ। आज बिहानैदेखि सिलगढीदेखि दार्जिलिङ, खरसाङ, कालेबुङ जाने वाहनहरूको संख्या अन्य दिनको तुलनामा निक्कै कम्ती देखियो। अर्कोतिर, पहाडबाट पनि धेरै कम्ती संख्यामा वाहनहरू सिलगढी आइपुगेको छ। छात्राको हत्याको विरोधमा वाहन चालकहरूको केही संगठनहरूले हिजो सिलगढीदेखि दार्जिलिङ, खरसाङ, कालेबुङ जाने वाहनहरू आज बन्द राख्ने निर्णय लिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *