छात्राको ब्याङ्क एकाउन्टबाट हरायो कन्याश्री परियोजनाको रुपियाँ

सिलगढी : सिलगढीको सुकना इलाका निवासी 11औँ श्रेणीकी छात्रा नयना दास गुप्ताको ब्याङ्क एकाउन्टबाट कन्याश्री परियोजनाको 19 हजार रुपियाँ हराएको छ। तिनका बाबुले नयनाको पासबुक अपडेट गर्न जाँदा एकाउन्टबाट लगभग 19 हजार रुपियाँ हराएको थाहा पाए। नयनाको बाबु बादल दास गुप्ताले ब्याङ्क प्रबन्धनसँग सोधखोज गर्दा कसैले अनलाइनको माध्यमद्वारा तिनकी छोरीको एकाउन्टबाट 2 हजार, 5 हजार गर्दै मोठ 19 हजार रुपियाँ निकालि सकेको बताए। यसपछि तिनले घटनाबारे आज साइबर क्राइम विभागमा एउटा लिखित अभियोग दर्ता गरे। चाँडै उक्त मामिलाको छानबीन गरेर उक्त मामिलाको उजागार गर्ने साइबर क्राइम विभागको तर्फबाट तिनीहरूलाई आश्वासन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *