छात्रालाई यौन उत्पीड़न गरेको आरोपमा स्कुलका प्रधानाध्यापक पक्राउ

अलिपुरद्वार : स्कुलकी छात्रालाई यौन उत्पीड़न गरेको आरोपमा अलिपुरद्वार 2 नम्बर ब्लक जीतपुर मिशन जुनियर हाई स्कुलका भारप्राप्त प्रधानाध्यापकलाई पक्राउ गरेपछि आज अलिपुरद्वार अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार जीतपुर मिशन जुनियर हाई स्कुलका भारप्राप्त प्रधानाध्यापक सौमित्र मण्डलले एउटी छात्रालाई विद्यालयको कम्प्युटर रूममा बोलाएर यौन उत्पीडन गरेको आरोप रहेको छ। उक्त छात्राले घरमा गएर घटनाबारे परिवारका सदस्यहरूलाई विस्तृत जानकारी गराएपछि तिनका परिवारका सदस्यहरूले गत राति शामुकतला थानामा प्रधानाध्यापक सौमित्र मण्डलविरुद्ध लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा आज बिहान अलिपुरद्वार नगरपालिकाको 20 नम्बर वार्डस्थित आनन्दनगर इलाकाबाट आरोपी शिक्षकलाई पुलिसले पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *