चौथो बंगाल च्यालेञ्ज प्रो किक् बक्सिङ लिग 2022-मा खरसाङकी निशा रावतले जितिन् टाईटल बेल्ट

खरसाङ : दार्जिलिङ जिल्ला किक् बक्सिङ एसोसिएशनको तर्फबाट 6 एथलिटहरूले चौथो बंगाल च्यालेञ्च प्रो किक् बक्सिङ लिग 2022 मा भाग लिएर फर्केका छन्। उक्त चोथौ बंगाल च्यालेञ्च प्रो किक् बक्सिङ लिग 2022 अलिपुरद्वार जिल्लामा भएको थियो। उक्त किक बक्सिङमा दार्जिलिङ जिल्ला किक् बक्सिङ एसोसिएशनको पक्षबाट निता थापा, निशा रावत, प्रेरणा लिम्बु, प्रियङ्का तामाङ, अजय प्रधान, प्रसनजित रोय आदिले सहभागिता जनाएका थिए। यी 6 जनामा निशा रावत र अजय प्रधानले बक्सिङ लिगको टाइटल बेल्ट जित्न सफल भएका छन्।

खरसाङको अप्पर शेर्पा बस्ती निवासी एवम् बिजय रावतको प्रशिक्षणमा रहेको खरसाङ किक्स बक्सिङ एसोसिएशनको प्रशिक्षार्थी निशा रावतले टाईटल बेल्ट जितेर खरसाङ लगायत पहाड़लाई नै गौरवान्वित बनाएको छ। त्यसरी नै पानीघट्टा निवासी एवम् सेनसुई विकास राईको प्रशिक्षणमा रहेको गोर्खा स्पोट्स किक् बक्सिङ एसोसिएशनको प्रशिक्षार्थी अजय प्रधानले पनि लिगको टाईटल बेल्ट जित्न सफल भएको दार्जिलिङ जिल्ला किक् बक्सिङ एसोसिएशन खरसाङका सचिव बिजय रावतले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। तिनले दुवै सफल बक्सर लगायत सबै सहभागीहरूलाई बधाई दिँदै उज्जवल भविष्यको लागि शुभकामना पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *