चिटफण्ड घोटालाका मुख्य आरोपी तीन दिनको सीबीआई रिमाण्डमा

सिलगढ़ी: सिलगढ़ीसहित राज्यभरिमैं रियल स्टेटको नाममा चिटफण्डको माध्यमद्वारा करोड़ौं रुपियाँ ठगेको आरोपमा सीबीआई उत्तर बंगालको टोलीले गत शुक्रवार दिल्लीबाट सिद्धार्थ नागलाई पक्राउ गरेपछि दिल्ली अदालतमा पेश गरेर आरोपीलाई ट्रान्जिट रिमान्डमा आज बिहान सिलगढ़ी ल्याइ पुऱ्याएको छ। सीबीआई टीमले आज नै आरोपी सिद्धार्थ नागलाई सिलगढ़ी एसीजेएम अदालतमा पेश गरेपछि अदालतले दुवै पक्षको दलील सुनेर आरोपीलाई तीन दिनको लागि सीबीआई रिमाण्डमा राख्ने निर्देश दिएको छ। सीबीआई पक्षका वकील दीपक पोरियाले बताए अनुसार पक्रा परेका सिद्धार्थ नाग सेवा रियल स्टेट लिमिटेड नामक कम्पनीको प्रबन्धन निदेशक हुन्। तिनले विगत 2013-मा चीटफण्डको माध्यम करोड़ौं रूपियाँको घोटाला गरेकोबारे सिलगढ़ी प्रधान नगर पुलिस थानामा अभियोग दर्ता गरिएको थियो। पुलिसले उक्त अभियोगको आधारमा जाँच शुरू गरेपछि घोटालामा सामेल दुईजना व्यक्तिलाई पक्राउ गरेको थियो। तर पछि यो मामिलालाई सीबीआई समक्ष सुम्पिएको थियो। सीबीआईले यस मामिलाको जाँच गर्दा गत शुक्रवार चीटफण्ड घोटाला काण्डका मुख्य आरोपीलाई पक्राउ गरेको हो। सीबीआईले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes