चेल नदीमा पुल बनाउनुपर्ने मागमा पदयात्रा गरेर उत्तरकन्या आइपुगे मोहम्मद नूर नबिबुल इस्लाम

फुलबारी : मोहम्मद नूर नबिबुल इस्लामले चेल नदीमा पुल बनाइदिनुपर्ने माग गर्दै पदयात्रा निकालेर उत्तरकन्या आइपुगेका छन्। क्रान्ति ब्लकको काठालगढी इलाका निवासी मोहम्मद नूर नबिबुल इस्लामले गत मङ्गलबार अर्थात् 23 मईको दिन क्रान्ति ब्लकको चेल नदीबाट पदयात्रा शुरू गरेका थिए। मालबजार र क्रान्ति इलाकाका मानिसहरूको मागलाई लिएर तिनले उक्त पदयात्रा शुरू गरेका हुन्। पद्मश्री करीमुल हकले पनि उक्त पदयात्रामा नूर नबिबुल इस्लामलाई साथि दिए। नबिबुल राज्य तथा केन्द्रका नेताहरूको घर-घरमा गएर चेल नदीमा पुल बनाइदिने माग गर्दै एउटा ज्ञापन पनि चढाए। तिनी हिजो साँझ उत्तरकन्या आइपुगेका छन्। तिनले पुल बनाइदिने मागलाई मुख्यमन्त्रीसम्म पुर्‍याउने उद्देश्य लिएर पदयात्रा गरेर उत्तरकन्या आइपुगेका छन्। यस सम्बन्धमा मोहम्मद नूर नबिबुल इस्लामले भने, डुवर्सको मालबजार र क्रान्ति ब्लकको माझमा चेल नदी बहन्छ। उक्त नदीमा जाडोको मौसममा घोडासम्म पानी हुने गरे तापनि वर्षाको समयमा नदीले भयानक रूप लिने गर्दछ। यसले गर्दा क्रान्ति इलाकाका मानिसहरूलाई चिकित्सा, शिक्षा, व्यवसाय लगायत विभिन्न कार्यको लागि मालबजार सहर आउनको लागि लगभग 40 किलोमीटरको दूरी तय गर्न पर्दछ। यसको साथै गाउँमा आगो लागेको खण्डमा दमकलको इञ्जिन इलाकामा आइपुग्न अगावै जलेर खरानी हुने गर्दछ। आपातकालीन रोगीहरूलाई अस्पताल लैजानको लागि घुमौरो बाटो भएर निकै टाढा जान पर्दछ। यसैले कुमलाई गाउँ इलाकामा चेल नदीमाथि पुल बने माल तथा क्रान्ति बीचको दूरी निक्कै कम्ती हुनेछ। धेरै वर्ष अघिदेखि मानिसहरूले पुलको माग गर्दै आइरहेका छन्। यसैले आफूले पनि सबै मानिसहरूको मागलाई लिएर उक्त पदयात्रा शुरू गरेर मुख्यमन्त्री समक्ष पुल बनाइदिने माग गर्दै उत्तरकन्या आइपुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes