चेङ्गा नदीबाट बलुवा बोकेको 2 वटा ट्र्याक्टर जफत

फाँसीदेवा (निसं): अवैध रूपमा नदीबाट बलुवा चोरी गरेको मामिला अघि आएको छ। अवैध रूपमा बलुवा चोरी गरेको सूचना पाएपछि विधाननगर जाँच केन्द्रको पुलिसले फाँसीदेवाको विधाननगर मुरलीगञ्जको चेङ्गा नदीमा अभियान चलाए। पुलिस आएको भनक पाउन साथ बलुवा माफियाले बलुवा बोकेको 2 वटा ट्र्याक्टर त्यहीँ छोडेर भागेको बताइएको छ। पुलिसले घटनास्थलबाट बलुवा बोकेको 2 वटा ट्र्याक्टर जफत गरे तापनि घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *