क्षेत्रको सर्वाङ्गीण विकासको निम्ति गोजमुमो नयाँ सोच,नयाँ विचारलाई जिताउने रुदेन लेप्चाको अपील

कालेबुङ: 14 आउँदो विधानसभा चुनाउलाई केन्द्र गरेर कालेबुङको 42 नम्बर समष्टि अन्तर्गत रेलीमा गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको समष्टि स्तरीय साङ्गठनिक सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै समष्टि अध्यक्ष रुदेन लेप्चाले आगामी विधानसभा चुनाउ अति महत्त्वपूर्ण रहेको तथा जनताको पक्षमा कार्य गर्ने व्यक्तिलाई नै जिताउनु पर्नेबारेमा जोड दिए। गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाको नेतृत्वमा गोजमुमोले नयाँ सोच,नयाँ विचारको साथमा पहाडको विकासको निम्ति धेरै कार्य गरिरहेको दावी गर्दै तिनले आफ्नो क्षेत्रको सर्वाङ्गीण विकास तथा विभिन्न समस्याहरूको समाधानको निम्ति गोजमुमो नयाँ सोच,नयाँ विचारलाई जिताउने अपिल गरे। विगतमा राजनैतिक अस्थिरताका कारण जनताले दुःख पाएको तर विगत 2017 देखि पहाडमा नयाँ सोच,नयाँ विचारले जनतालाई कष्ट नदिई जनहितमा कार्य गरिरहेको बताउँदै तिनले अबको राजनीतिमा सचेत र शिक्षित जमात अघि आउनु पर्नेबारे जोड दिए। राजनैतिक रूपले सचेत बनेर आगामी विधानसभा चुनाउमा आफ्नो बहुमुल्य भोट नयाँ सोच,नयाँ विचारको पक्षमा खसाल्ने पनि तिनले आग्रह गरे। सौगात तामाङले सञ्चालन गरेको सभालाई समष्टि अध्यक्ष रूदेन लेप्चा लगायत नारी मोर्चा,युवा मोर्चा एवम् अन्य भातृ सङ्गठनका प्रतिनिधिहरूले पनि सम्बोधन गरे। विशेषगरी आजको सभामा आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर समष्टिमा साङ्गठनिक क्रियाकलापहरूलाई तीव्र पार्ने साथै जनतासमक्ष पुग्ने जनप्रतिनिधिहरूको दायित्वबारे चर्चा गर्नको साथै सभामा गोजमुमो 42 नम्बर समष्टिका पूर्व महासचिव भरत घिमिरेलाई पनि गोजमुमो नयाँ सोँच, नयाँ विचारमा स्वागत जनाइयो। सभामा गोजमुमो 42 नम्बर समष्टि अध्यक्ष रूदेन लेप्चा, महासचिव राजेन भूजेल,गोजनामो समष्टि अध्यक्षा सृजना छेत्री, गोजयुमो समष्टि अध्यक्ष डेनिस भूजेल, महासचिव ओमप्रसाद थापा, तुलाराम शर्मा, मारसिङ लेप्चा, सुधा छेत्री, तिलबहादुर राणा, युदेन लेप्चा, होमनाथ घिमिरे लगायत पार्टीको समष्टि प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *