छठ पुजा : सिलगढीको महानन्दामा नयाँ घाटको उद्घाटन

सिलगढी : भोलि छठपुजा। यसभन्दा अगावै आज सिलगढी नगरनिगमका प्रशासक गौतम देवले महानन्दा नदीमा नयाँ घाटको विधिवत् रूपमा उद्घाटन गरे। गत वर्ष नै महानन्दा नदी पारि नयाँ घाटको व्यवस्था गरे तापनि घाटमा जानको लागि सिँढी नभएकोले छठव्रतीहरू समस्यामा परेका थिए। यसैले यस वर्ष त्यहाँ सिँढीको निर्माण गर्नको साथै उक्त घाटलाई नयाँ प्रकारले तयार पारेपछि आज प्रशासक गौतम देवले यसको उद्घाटन गरे। आगामी दिनमा उक्त घाटमा रङ्ग लगाएर त्यहाँ चित्र अङ्कित गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *