चिकित्सामा लापर्वाही गरेपछि नवजात शिशुको मृत्यु भएको आरोप, चिकित्सकविरुद्ध मामिला दर्ता

कुचबिहार : चिकित्सामा लापर्वाहीले गर्दा नवजात शिशुको मृत्यु भएको आरोप लगाउँदै मेखलीगञ्ज महकुमा अस्पतालमा तनाउको माहौल देखापर्यो। मेखलीगञ्ज ब्लकको उछलपुकुरी अञ्चल निवासी चिरञ्जीत बर्मनले गत 31 जनवरीमा आफ्नी गर्भवती स्वास्नी माधवी बर्मनलाई मेखलीगञ्ज महकुमा अस्पतालमा भर्ना गरेका थिए। भोलिपल्ट बिहान माधवी बर्मनलाई प्रसव पीड़ा हुँदा त्यस समय कुनै पनि नर्स तथा चिकित्सक तिनलाई हेर्न नआएको आरोप रहेको छ। उपचारमा लापर्वाहीको कारण नै नवजात शिशुको मृत्यु भएको परिवारका सदस्यहरू आरोप लगाएका छन्। यस सम्बन्धमा रोगीका परिवारका सदस्यहरूले आरोपी डाक्टरलाई कठोर सजाय दिइनुपर्ने माग गर्दै मेखलीगञ्ज थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा मेखलीगञ्ज पुलिसले नवजात शिशुको शव उद्धार गरेर पोस्टमार्टमको लागि माथाभाङ्गा मुर्दाघरमा पठाएको छ। अर्कोतिर, मेखलीगञ्ज अस्पतालका प्रभारी शेख अबू मोनिरुद्दीनले मामिलाको जाँच गरिने आश्वासन दिएका छन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *