चिलापातामा कन्टेनर पल्टिँदा मर्‍यो 9 वटा भैँसी

डुवर्स : चिलापाता इलाकामा एउटा भैँसी बोकेको कन्टेनर पल्टिँदा 9 वटा भैँसी मरेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान हाँसीमाराबाट एउटा भैँसी लादेको कन्टेनर सोनापुरतर्फ गइरहेको समय चिलापाता वन विभागको चेकपोस्ट नजिक अचानक अनियन्त्रित भएर कन्टेनर पल्टिँदा चालक लगायत केही मानिसहरू घाइते भएका छन्। यसको साथै कन्टेरनमा रहेको लगभग 40 वटा भैँसीमध्ये 9 वटा भैँसी मरेको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर पुलिस तथा स्थानीय मानिसहरूको सहयोगमा भैँसी उद्धार कार्य शुरू गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *