चिल्ड्रन्स डे-को अवसरमा दिव्याङ्ग नानीहरूले टोय ट्रेनमा चढेर सिलगढीदेखि रङटङ्गसम्मको गरे रोमाञ्चक यात्रा

सिलगढी : चिल्ड्रन्स डे-को अवसरमा आज टोय ट्रेनमा चढ्न पाउँदा नानीहरू निक्कै खुसी थिए। सिलगढी लगायत देशभरिमै आज चिल्ड्रन्स डे पालन गरिरहेको छ। युनिक फाउन्डेशन नाम गरेको एउटा स्वयंसेवी संस्थाले आज चिल्ड्रन्स डे भिन्नै प्रकारको मनायो। संस्थाको तर्फबाट आज लगभग 35 जना  दिव्याङ्ग नानीहरूलाई एउटा रोमाञ्चक टोय ट्रेनको यात्रा लगेको छ। संस्थाका सदस्यहरूले आज दिव्याङ्ग नानीहरूलाई सिलगढी जङ्क्शन स्टेशनबाट रङ्टङ्गसम्म टोय ट्रेनको यात्रा गराए। यसको लागि दार्जिलिङ हिमालयन रेलवेको तर्फबाट प्रत्येक टिकटमा 50 प्रतिशत छुट दिएको छ। यस अवसरमा विशिष्ट भ्रमण गाइड राज बासु, सामाजिक कार्यकर्ता रवीन्द्र जैन लगायत युनिक फाउन्डेशन टीमका कर्मचारीहरू उपस्थित थिए। यस सम्बन्धमा नानीहरूले भने, सिलगढीदेखि रङटङ्गसम्मको टोय ट्रेन यात्रा रोमाञ्चक रहेको साथै आफूहरूले पहिलोपल्ट ट्रेनको यात्रा गरिरहेका छौँ। आज दिनभरि नै हामीहरूले निक्कै खुसीको साथमा बितायौँ। स्वयंसेवी संस्था युनिक फाउन्डेशनका अनुप बसुले भने, फाउन्डेशनको तर्फबाट प्रत्येक वर्ष बाल दिवस पालन गर्ने गर्दछ भने यस वर्ष नानीहरूलाई टोय ट्रेनको यात्रा गरायौँ। टोय ट्रेन सिलगढी जङ्क्शन स्टेशनमा आइपुगेपछि नानीहरूको अनुहारमा निक्कै खुसी देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *