चिनचुला चियाकमानमा हात्तीको हमलामा 60 वर्षीय वृद्धको मृत्यु

कालचिनी : कालचिनी ब्लकको चिनचुला चियाकमानमा हात्तीको हमलामा 60 वर्षीय वृद्ध किरण सुब्बाको मृत्यु भएको छ। परिवार सूत्रले दिएको जानकारी अनुसार आज बिहान 4 बजी किरण सुब्बा बाहिर निस्केको समय एउटा जङ्गली हात्तीले हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर कालचिनी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *