चीनका समानहरूको वहिष्कार, बाघडुग्रामा चाइनिज समानहरूमा आगो लगाइयो

सिलगढी : लद्दाखको गाल्वान घाटीमा चीन र भारतमाझ भएको संघर्षमा भारतीय सेनाका 20 जना जवान शहीद भएपछि यसलाई लिएर हाल देशभरिमै चीनप्रतिको आक्रोश बढ्न थालेको छ। चीन र भारतमाझको बढ्दो तनाउको प्रभाव आज यहाँको बाघडुग्राको एयरपोर्ट मार्केट क्षेत्रमा पनि देखापर्यो। आज दिउँसो स्थानीय केही व्यवसायीहरूले आक्रोशित बन्दै आफ्नो दोकानमा बिक्री गर्न राखिएको चीनमा निर्मित समानहरूलाई आगो लगाएर जलाए। यसको साथै तिनीहरूले चीनविरुद्ध विभिन्न नाराबाजी गर्दै सम्पूर्ण देशभरिमै चीनमा निर्मित समानहरूको वहिष्कार गर्ने सबैसित अपील पनि गरे। चीनले भारतीय सेनाहरूमाथि हमला गर्नु अनैतिक कार्य रहेको साथै अबदेखि आफूहरूले कुनै पनि चीनमा निर्मित समानहरू दोकानमा बिक्री गर्न नराख्ने यहाँका व्यापारी बाबु सरकारले बताए। यसैगरी, अहिले देशभरिमै चीनप्रतिको आक्रोश बढ्नको साथै  विभिन्न संघ-संगठन तथा केही राजनीतिक दलहरूले विभिन्न ठाउँहरूमा चीनका राष्ट्रपतिको पुतला दहन गर्दै चीनको विरोधमा नाराबाजीहरू पनि गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes