छिनताई गरेको रुपियाँ सहित 4 जना पक्राउ

अलिपुरद्वार : छिनताई गरेको रुपियाँ सहित 4 जना दुष्कृतिलाई जयगाउँ थाना पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत 30 जुनमा जयगाउँ निवासी राहुल चौधरीलाई जयगाउँको भुलन चौपथीमा 3 जना दुष्कृतिले रोकेर जङ्गलमा लगेर तिनीबाट लगभग 93 हजार 800 रुपियाँ छिनताई गरेको बताइएको छ। यसपछि राहुल चौधरीले घटनाबारे जयगाउँ थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 4 जनालाई पक्राउ गर्यो। आज जयगाउँ थानामा पत्रकार सम्मेलनको आयोजना गरेर अतिरिक्त पुलिस सुपर कुन्तल ब्यानर्जीले उक्त छिनताईको घटनामा राहुल चौधरीको वाहन चालक आलताफ अन्सारी सामेल रहेको बताए। आरोपी वाहन चालक आलताफ अन्सारी लगायत सरोज सेट्ठी, अजय तामाङ र शमशेर अन्सारीलाई पक्राउ गर्नको साथै तिनीहरूबाट 68 हजार रुपियाँ लगायत छिनताई गर्दा प्रयोग गरेको हतियारहरू पनि उद्धार गरेको तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *