छिनताई गर्ने व्यक्ति पक्राउ

सिलगढी : प्रधाननगर थाना पुलिसले छिनताई गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बाबु सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 4 फरवरीको दिन सिलगढीको तेनजिङ नोर्गे बस टर्मिनसमा नासरीन जाकिया नाम गरेकी महिलाको ब्याग छिनताई भएको बताइएको छ। उक्त ब्यागमा नगद 12 हजार रुपियाँलगायत सुनको कानको, दुईवटा औँठी र चुरा रहेको थाहा लागेको छ। यसपछि प्रधाननगर थानामा ब्याग चोरी भएको बारे अभियोग दर्ता गरेपछि अभियोग आधारमा हिजो राति दक्षिण भारतनगर फुलेश्वरी इलाकाबाट उक्त व्यक्तिलाई पक्राउ गर्नको साथै ब्यागमा रहेको सर-सामान उद्धार गर्ने प्रयासमा जुटेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *