छिनताईको मामिलामा 2 जना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले छिनताईको मामिलामा 2 जना बदमासलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले सुकना निवासी लादेन लामा र खरसाङ निवासी रोहन छेत्रीको रूपमा चिन्हित गरिएको छ। गत वर्ष 9 दिसम्बरमा प्रधान नगर थाना  अन्तर्गत पर्ने डागापुरस्थित एउटा प्राइभेट कलेजका छात्रासित छिनताई गरेकोबारे थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले ती दुई आरोपीलाई चिन्हित गरेपछि हिजो पक्राउ गरेको बताइएको छ। पुलिसले तिनीहरूबाट छिनताईमा प्रयोग गरेको बाइक पनि जफत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *