छिनताई मामिलामा पक्रा परेका आरोपी अदालतमा पेश

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना अन्तर्गत इस्कन रोड इलाकाबाट छिनताईको मामिलामा उत्तम बर्मनलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। घटनाक्रम अनुसार केही दिनअघि इस्कन रोड इलाकामा नेहा सिंह नामक युवतीसित छिनताई भएपछि तिनले भक्ति नगर थानामा एउटा लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा भक्ति नगर थाना पुलिसले जाँच शुरू गरेपछि गोप्य सूचनाको आधारमा गत अबेर राति पुलिसले उत्तम बर्मनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका उत्तम बर्मनविरुद्ध सिलगढी मेट्रोपोलिटन पुलिसको विभिन्न थाना एवम् आउटपोस्टमा चोरी तथा छिनताईको मामिला दर्ता गरिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *