चितुवाको हमला, टाउको विहीन वृद्धको शव उद्धार

अलिपुरद्वार : चितुवाको हमलामा परेर एकजना वृद्धको टाउकोविहीन शव उद्धार भएको छ। उक्त घटना अलिपुरद्वार जिल्लाको जटेश्वर आउटपोस्ट अन्तर्गत अतीतपाडा इलाकामा घटेको हो। मृतक वृद्धको नाम सरदिनी राय (65) बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति वृद्ध घरबाट बाहिर निस्केको समय परिवारका सदस्यहरूले केही आवाज सुनेपछि बाहिर निस्केर हेर्दा घर छेउमै चितुवाको पाइलाको छाप देखे। गाउँलेहरू लगायत परिवारका सदस्यहरूले वृद्धको खोजी शुरू गरे। घटनाबारे वन विभागलाई खबर दिएपछि वन कर्मीहरू घटनास्थलमा पुगेर खोजी शुरू गरेपछि घरदेखि केही पर जलपाईगढी वन विभागको दलगाउँ जङ्गल संलग्न इलाकाको झाडीबाट टाउकोविहीन शव उद्धार गर्यो भने आज बिहानै घटनास्थलदेखि लगभग 5 सय मिटर टाढा जङ्गलबाट क्षत-विक्षत अवस्थामा टाउको उद्धार भएको बताइएको छ। वृद्धको शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ। उक्त घटनालाई केन्द्र गरेर इलाकावासीहरू आतङ्कित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *