चित्राङ्कन प्रतियोगिताको आयोजना

सिलगढी : चित्राङ्कन शिल्पालय आर्ट स्कुलको तर्फबाट नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। नानीहरूमा भएको प्रतिभालाई उजागर गर्ने उद्देश्य लिएर उक्त प्रतियोगिताको आयोजना गरिएको स्कुलका शिक्षिका मौमिता साहाले बताइन्। यस प्रतियोगितामा 30 जना नानीहरूले अंश ग्रहण गरेका थिए।


यस अवसरमा सिलगढी नगरनिगमको स्वास्थ्य विभागका मेयर परिषद शङ्कर घोष, 30 नम्बर वार्ड पार्षद स्वपन दे, समाजसेवी तुलसी गाङ्गुली, विजय भट्टाचार्य, चित्राङ्कन शिल्पालय आर्ट स्कुलका शिक्षिका मौमिता साहा लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *