चितुवाको आक्रमणमा नागरी फार्म चियाबारीका ऐते राई घाइते

सुकेपोखरी: नागरी फार्म चियाबारीका एकजना व्यक्ति चितुवाको आक्रमणमा घाइते भएका छन् । घटना अनुसार  नागरी फार्मको 25 नम्बर निवासी  ऐते राई आज बिहान घाँस काट्नको लागि नजिकैको जङ्गल गएको समय तिनलाई चितुवाले आक्रमण गरेको बताइएको छ। आत्मरक्षाको निम्ति तिनले पनि आफुले बोकेको हतिहारले प्रहार गर्दा चितुवा जंगलतिर भागे। यसपछि तिनी घाइते अवस्थामा घर फर्किएपछि गाउँलेहरूको सहयोगमा परिवारका सदस्यहरूले तिनलाई नागरी फार्म चियाकमानको हस्पिटल लगे। त्यहाँ प्राथमिक उपचार गरेपछि थप उपचारको निम्ति त्यहाँबाट सुके खण्ड स्वास्थ्य केन्द्र लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *