चितुवाको आतङ्कपछि फाँसीदेवा इलाकामा थापियो खोर

सिलगढी : सिलगढी महकुमाको फाँसीदेवा इलाकामा हाल चितुवाको आतङ्क छाएको छ। आज बिहान डाँडाबक्सा जोतको चियाकमान इलाकामा स्थानीय मानिसहरूले चितुवा देखेको दावी गरेपछि यसको सत्यतालाई पुष्टि गर्नको निम्ति त्यहाँ भएको चितुवाको खुट्टाका छापहरू अन्य मानिसहरूलाई देखाए। चितुवाको यस क्षेत्रमा बढ्दो आतङ्कबीच गाउँलेहरूले यसबारे वन विभागलाई खबर दिए। वन विभागका कर्मीहरू घटनास्थलमा आएर खुट्टाका छापहरू हेरेर चितुवाको चारैतिर खोजी गरे तापनि नभेट्टाइएपछि अन्तमा चितुवा पक्रिनुको लागि वन विभागले एउटा खोर थापेको छ। स्मरण रहोस, यसभन्दा अघि पनि स्थानीय केही मानिसहरूले चितुवा देखेको दावी गरे तापनि यसबारे कुनै पुष्टि हुन सकेको थिएन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *