चितुवाको हमलामा महिला घाइते, चियाश्रमिकहरूद्वारा वन विभाग कार्यालय घेराउ

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत विजय नगर चियाकमानमा चितुवाको हमलामा एकजना चियाश्रमिक महिला गम्भीर रूपमा घाइते भएकी छन्। घाइते महिला 38 वर्षीय अनिता सुब्बाको हाल निजी नर्सिङ होममा उपचार चलिरहेको छ। चितुवाको हमलालाई केन्द्र गरेर उक्त चियाकमानका श्रमिकहरूले आज काम बन्द राखेर टुकुरिया झाड़ वन विभाग घेराउ गर्दै यसबारे उचित कदम उठाउने माग गरेका छन्। वन विभागले चितुवा पक्रनको लागि सर्च अभियान तथा दुईवटा खोर लगाइने आश्वासन दिएको छ। यस अवसरमा गौतम घोष, राजु सरकार, तुफान मल्लिक, आर मुखर्जी, चिया श्रमिकहरू लगायत अन्य मानिसहरू उपस्थित थिए। सीपीआईएम नक्सलबारी एरिया कमिटी सदस्य राजु सरकारले बताएअनुसार हिजो साँझ लगभग 4 बजी अनिता सुब्बा अन्य श्रमिकहरूको साथमा विजय नगर चियाकमानमा कार्य गरिरहेको समय अचानक चितुवाले तिनीमाथि हमला गर्दा गम्भीर रूपमा घाइते भएकी छन्। घाइते अवस्थामा तिनलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगियो भने त्यहाँका चिकित्सकहरूले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिए। तथापि, तिनलाई एउटा निजी नर्सिङ होममा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes