चितुवाको हमलामा युवक घाइते

बानरहाट : बानरहाट थाना अन्तर्गत पर्ने बन्द रेडब्याङ्क चियाकमानमा चितुवाको हमलामा प्रेमतुष उराव नाम गरेको एकजना युवक घाइते भएको छ। प्राप्त जानकारीअनुसार आज अपरान्ह एउटा चितुवाले अचानक प्रेमतुष उरावमाथि हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते अवस्थामा तत्कालै तिनलाई बानरहाट स्वास्थ्य केन्द्रमा लगेपछि त्यहाँबाट फेरि वीरपाडा स्टेट जेनरल अस्पतालमा भर्ना गरिएको बताइएको छ। उक्त घटनाले इलाकाका मानिसहरू आतङ्कित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *