चितुवाको रगरगी बढेकोले गाउँलेहरूद्वारा वन विभागलाई पहल गरिदिने अपील

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ ग्रामीण भेगमा हाल चितुवाको आतङ्क बढेकोले स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्। झेपी ग्राम अधीनस्थ गुर्दुम बस्तीमा हिजो राति स्थानीय भरत राईको खोरबाट एउटा सुगुर र बुद्ध शेर्पाको घरबाट कुकुर हराएपछि आज बिहानै नजिकैको जंगलमा दुवै प्राणीको केही शेष अंश फेला परेपछि उक्त प्राणीहरू चितुवाले खाएको पुष्टि भएको छ। चितुवाको आतङ्क बढेकोले गर्दा स्थानीय मानिसहरू चिन्तित बन्न पुगेका छन्। चितुवाको रोकथामको लागि उचित पहल गरिदिने स्थानीय मानिसहरूले वन विभागलाई अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *