चितुवा मारेको प्रतिवादमा पशुप्रेमी संगठनद्वारा सिलगढीमा विरोध प्रदर्शन गर्ने

सिलगढी : सिलगढी संलग्न राङ्गापानीको शिमुलतला गाउँमा चितुवाको हमलामा रेञ्जर लगायत पाँचजना व्यक्ति घाइते भएका छन्। उक्त चितुवाको हमलाबाट बाँच्नको लागि चितुवालाई लट्ठीले प्रहार गर्नको साथै परिस्थिति अनियन्त्रित बनेपछि वनकर्मीहरूले गोली चलाउँदा चितुवा मरेको बताइएको छ। यसैले पशुप्रेमी संगठनले आज साँझ सिलगढीको भेनस मोडमा उक्त घटनाको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गर्ने भएको छ। प्राप्त जानकारीअनुसार हिजो साँझ एउटा चितुवा सिलगढी संलग्न राङ्गापानीको शिमुलतला गाउँको एउटा घरभित्र पसेर उक्त चितुवाले अचानक मानिसहरूमाथि हमला गर्न थालेको बताइएको छ। घटनाको खबर पाएर वनकर्मी लगायत वनविभागको वाइल्ड लाइफ स्क्वाडका कर्मीहरू घटनास्थलमा पुगेर चितुवा पक्रिने प्रयास गर्न थाले। त्यस समय चितुवाले तिनीहरूमाथि हमला गर्दा रेञ्जर सञ्जय दत्त लगायत पाँचजना व्यक्ति घाइते भएको बताइएको छ। यसपछि वनकर्मीहरूले चितुवाको हमलाबाट बाँच्नको लागि उक्त चितुवालाई लट्ठीले प्रहार गरे तापनि परिस्थिति अनियन्त्रित बनेपछि वनकर्मीहरूले गोली चलाउँदा चितुवाको मृत्यु भयो। वनकर्मीहरूले खुनमा लतपत अवस्थामा मरेको चितुवा उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *