चितुवा मार्ने वनकर्मीहरूलाई सजाय दिनुपर्ने विभिन्न संगठनको माग

सिलगढी : राङ्गापानीको शिमुतला गाउँमा वनकर्मीहरूको हातबाट एउटा चितुवाको मृत्यु भएको घटनाको प्रतिवादमा विभिन्न पशु प्रेमी संगठनहरू सडकमा ओर्लिएको छ। विभिन्न वेलफेयर अर्गनाइजेशनको तर्फबाट यसको विरोध जनाउँदै आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गर्यो। वन विभागलाई रानीडाङ्गामा चितुवा पस्न सक्नेबारे जानकारी रहे तापनि यसलाई लिएर कुनै उचित व्यवस्था नगरिएको भन्ने तिनीहरूको भनाइ रहेको छ। आफ्नो सुरक्षाको लागि उक्त चितुवालाई मारेको वन विभागको भनाइ रहे तापनि वेलफेयर अर्गेनाइजेशनका सदस्यहरूले यसलाई अस्वीकार गरेका छन्। जुन परिस्थितिमा वनकर्मीहरूले चितुवामाथि गोली चलाइयो त्यसको कारण सेल्फ डिफेन्स नरहेको तिनीहरूले दावी गरे। यस घटनाको वाइल्ड लाइफ वार्डनको तर्फबाट तीन दिनको जाँच गरिए तापनि हालसम्म कुनै जवाफ नपाएको तिनीहरूले बताए। उक्त चितुवाको पोस्टमार्टम रिपोर्ट चाँडै सार्वजनिक गरियोस् साथै घटनाको दोषीहरूलाई उचित सजाय दिनुपर्ने तिनीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *