चितुवासित लडेर पनि बाँचिन् महिला चियाश्रमिक

कालचिनी : महिला चिया श्रमिक चितुवासित लडाइँ गरेर भाग्यले बाँचिन्। घटनामा तिनी घाइते भएपछि हाल अस्पतालमा तिनको उपचार चलिरहेको छ। उक्त घटना आज दिउँसो कालचिनी ब्लक अन्तर्गत आटियाबाड़ी चियाकमानमा घटेको हो। घाइते महिला श्रमिक बहा मुण्डाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो बहा मुण्डा आटियाबाड़ी चियाबगानको 15 नम्बर सेक्शनमा काम गरिरहेको समय अचानक चितुवाले हमला गर्दा आफूलाई  बचाउनको लागि तिनी केही समयसम्म चितुवासित लडिन्। यसपछि तिनको चिच्याएको आवाज सुनेर अन्य श्रमिकहरू घटनास्थलमा पुगेपछि चितुवा त्यहाँबाट भागेको बताइएको छ। घटनामा महिला घाइते भएपछि तिनलाई लताबारी अस्पताल लगेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *