चियाबारीका श्रमिकहरूको हक र अधिकारको लागि खरसाङको महानदीमा डीटीडीपीएलयु-को सभा

खरसाङ : चियाबारीका श्रमिकहरूको हक र अधिकारको लागि रणनीति तयार पार्न दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु)-ले आज खरसाङको महानदीमा गोजमुमो दुईको खरसाङ महकुमा समितिको पदाधिकारीवर्ग, डीटीडीपीएलयु खरसाङ महकुमा समिति र तीनधारे-महानदी समष्टिको जोनल कमिटीको पदाधिकारीहरूमाझ एउटा सभा सम्पन्न गऱ्यो। उक्त सभामा संगठनले भावी रणनीति तयार पारेको बताइएको छ। उक्त सभापछि डीटीडीपीएलयु-को तीनधारे-महानदी समष्टिभित्र पर्ने सबै युनिट कमिटीहरूलाई साङ्गठनिक रुपमा बलियो पार्ने निर्णय गर्दै जोनल कमिटीको अधीनस्थ रहेका सबै 12 वटै युनिट कमिटीलाई लिएर साङ्गठनिक सभा गरिने भएको छ। उक्त सभा आगामी 8 अगस्त अपरान्ह्र 1 बजेदेखि महानदीमा गरिने भएको छ। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, महकुमा उपसभापति प्रेम प्रधानडीटीडीपीएलयु-का केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, केन्द्रीय सहसचिव राजेस थापा, डीटीडीपीएलयु खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, उप सभापतिद्वय जनक छेत्री र राजेन प्रधानतीनधारे महानदी समष्टी जोनल सभापति गणु छेत्री उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयु तीनधारे-महानदी समष्टि जोनल कमिटीका सभापति गणु छेत्रीले विस्तृत रूपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *