चियाकमानबाट 11 फुट लामो अजिङ्गर उद्धार

राजगञ्ज: राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत बन्धुनगर संलग्न बाखोआबारी इलाकाको चियाकमान नजिकबाट 11 फुट लामो अजिङ्गर उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय श्रमिकहरू कमानमा काम गर्न जाँदा कमान नजिक अजिङ्गर देखेपछि यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बैकुण्ठपुर डिभिजनको आमबारी रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेको बताइएको छ। आमबारी रेञ्जका रेञ्जर सुदीप्त सरकारले बताएअनुसार चियाकमान नजिक स्थानीय श्रमिकहरूले अजिङ्गर देखेपछि यसबारे वन विभागलाई खबर दिए। उक्त अजिङ्गर लगभग 11 फुट लामो छ। उद्धार गरेको अजिङ्गरलाई बैकुण्ठपुर जङ्गलमा छोडिदिइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *