चियाकमानबाट मरेको चितुवा उद्धार

डुवर्स : डुवर्सको मोराघाट र हल्दीबाड़ी चियाकमानबीच एउटा मरेको चितुवा उद्धार भएको छ। प्राप्त जानकारीअनुसार मंगलबार अपरान्ह कमानका श्रमिकहरूले नालीमा उक्त मरेको चितुवा देखेपछि घटनाबारे बिन्नागुड़ी वन्यप्राणी स्कवाडका कर्मीहरूलाई खबर दिए। खबर पाएर जलपाईगढी आनररी वाइल्ड लाइफको वार्डन सीमा चौधरी एवम् बिन्नागुड़ी स्कवाडका कर्मीहरू घटनास्थलमा पुगेर मरेको चितुवा उद्धार गरेर पोस्टमार्टमको लागि गोरूमारा राष्ट्रिय उद्यानमा लगे। कुनै भारी जिनिसले चितुवाको टाउकोमा हमला गरेपछि उक्त चितुवा मरेको वनकर्मीहरूले प्राथमिक अनुमान लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *