चियाकमानबाट नवजात शिशु उद्धार

मैनागढी : चियाकमानमा एउटा नवजात शिशु उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार मैनागढी ब्लकको पद्मती 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने नयाँ बारी इलाका निवासी कविता राय नाम गरेको चियाश्रमिक हिजो साँझ कामबाट घर फर्किरहेको समय चियाकमानबाट नानी रोएको आवाज आएपछि कमानभित्र पसेर हेर्दा चियाकमानको नाली नजिक जङ्गलमा खुनले लतपत अवस्थामा नवजात शिशु देखिन्। यसपछि तिनले आफ्नो लोग्ने नितीश कुमार रायको सहयोगमा उक्त नानीलाई उद्धार गरेर जलपाईगढी सदर अस्पतालमा लगेको बताइएको छ। अस्पतालका चिकित्सकहरूले उक्त नवजात शिशुको अवस्था सिकिस्त देखेपछि नानीलाई सिक न्युबर्न केयर युनिटमा राख्ने निर्देश दिएपछि हाल नानीको उपचार चलिरहेको छ। घटनाबारे पुलिसलाई जानकारी गराइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *