चियाकमानका वृद्धहरूसँग वनभोज

अलिपुरद्वार : कालचिनी ब्लकको दलसिंहपाड़ा गोपालबहादुर बस्ती इलाकामा आज चियाकमानका वृद्धहरूलाई लिएर वनभोजको आयोजना गरियो। यसको साथै तिनीहरूलाई न्यानो लुगाफाटा पनि वितरण गरियो। आइतबार कालचिनी ब्लकको तीनजना समाजसेवीहरूले प्रत्येक वर्ष झैँ यस वर्ष पनि वनभोज र लगाफाटा वितरण कार्यक्रमको आयोजना गरेको बताइएको छ। यस अवधि वन विभागको कोदालबस्ती रेञ्जका रेञ्जर धीरज कामी, शिक्षक नरेश विश्वकर्मा र बुद्ध विश्वकर्मालगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *